नियम २३
निरीक्षण तथा सुपरीबेक्षण गर्न सकिने
(१) मन्त्रालयको सचिव वा कार्यालयको प्रमुखले समय समयमा राहदानीको निवेदन संकलन, छानबिन, वितरण तथा अभिलेख ब्यवस्थापन
सम्बन्धमा कार्यालय, नियोग वा जिल्ला प्रशासन कार्यालयको काम कारबाहीको निरीक्षण तथा सुपरीवेक्षण गर्न वा गराउन सक्नेछ । त्यस्तो निरीक्षण तथा सुपरिबेक्षण पश्चात् मन्त्रालय समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त प्रतिवेदन अनुसार कुनै विषयमा कमी कमजोरी सुधार गर्नु पर्ने भएमा सो विषयलाई अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन सकिनेछ ।
(३) उपनियम (२) बमोजिम दिएको निर्देशन पालना गर्नु सम्बन्धित निकायको कर्तव्य हुनेछ ।